विश्वकप फुटबल : रेष्टुरेन्टदेखि विद्यालयसम्म क्रेज

विश्वकप फुटबल : रेष्टुरेन्टदेखि विद्यालयसम्म क्रेज

सिमरा : कतारमा जारी विश्वकप फुटबलको क्रेज बारामा पनि बढ्दो छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणामभन्दा विश्वकप फुटबलको नजिताप्रति फुटबलप्रेमीलाई आकर्षित गरिरहेको छ। 

निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै सरकार कसको नेतृत्वमा बनाउने भन्ने राजनीतिक चर्चा चुलिरहँदा फुटबल प्रेमीमाझ भने विश्वकपको उपाधि कसले उचाल्छ भन्ने बहस चल्न थालेको छ। 

विश्व फुटबलको महाकुम्भका रुपमा रहेको विश्वकप फुटबलको क्रेज जिल्लाको शहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगमा बढ्दो छ। चिसोको प्रवाह नगरी फुटबलप्रेमी यतिबेला सामूहिक रुपमा प्रोजेक्टरमार्फत खेलको मज्जा लिइरहेका छन्। 

सिमरा, निजगढलगायत जिल्लाका विभिन्न स्थानमा खेल हेर्नका लागि प्रोजेक्टर राखिएको छ। यसका लागि खेल क्षेत्र मात्र नभई सामुदायिक क्लब र युवाहरू सक्रिय रुपमा लागेका छन्। जितपुरसिमरा गोल्डकपको आयोजना गर्दै आएको नव जनजागृति युवा क्लबले सिमरास्थित गुप्ता मार्केटमा प्रोजेक्टरबाट खेल हेर्ने व्यवस्था मिलाएको छ। 

जनजागृति युवा क्लबले विश्वकपको सुरुवातदेखि नै प्रोजेक्टरमार्फत फुटबल देखाउन थालेको हो। क्लबका महासचिव शम्भुसिंह ठकुरीले फुटबलकै महाकुम्भका रुपमा रहेको विश्वकपलाई स्मरणीय र रोमाञ्चक बनाउन प्रोजेक्टर राखिएको बताए।  

सार्वजनिक स्थानसँगै विभिन्न रेस्टुरेन्ट र होटलमा समेत खेल हेर्न युवापुस्ताको भीड लाग्ने गरेको छ। सिमरामा हालै सञ्चालमा आएको माइल्स क्याफे एन्ड पबले फुटबल हेर्न प्रोेजेक्टर राखेको छ। क्याफेमा फुटबलप्रेमीको भीड लाग्ने गरेको छ। 

यसगैरी सिमराका विभिन्न होटल तथा रेस्टुरेन्ट विश्वकपमा सहभागी राष्ट्रका झण्डा र खेलाडीका तस्बिरले सजाइएको छ। फुटबलको क्रेज यतिमा मात्र सीमित छैन, सिमराका विद्यालयले समेत विश्वकप विशेष कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

सिमराको न्यु एकता इङ्लिस बोर्डिङ स्कुलले केही दिन अघि विश्वकपका विषयमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले विश्वकप विशेष कार्यक्रम सञ्चालन गरेको थियो। विद्यालयका शिक्षक दिवस न्यौपानेले विश्वकप फुटबलको बढ्दो क्रेज र विद्यार्थीलाई विश्वकपका विषयमा जानकारी गराउन विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.