पाखाथरमा ‘एक घर, एक धारा’

पाखाथरमा ‘एक घर, एक धारा’

बागलुङ : खानेपानीको चरम अभाव झेलेको बागलुङ नगरपालिका ३ र ४ उपल्लो पाखाथरका स्थानीयको लागि लिफ्टिङ प्रविधिको प्रयोग गरेर  ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ। नगरपालिका र स्थानीयको सहयोगमा बागलुङ नगरपालिका–३ र ४ उपल्लो पाखाथरका ७७ घरको लागि वडा–४ पाखाथरमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइएको हो। 

कुवाँ र मूलको पानी प्रयोग गर्दै आएकोमा अहिले नगरपालिकाले लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा धारा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको स्थानीय मुरारीदत्त शर्माले बताए। स्थानीय शर्माले खानेपानी दिन सामुदायिक धारा र कुवाँमा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नुपर्ने, खानेपानी लिन हिड््नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

नगरपालिकाको २६ लाख ४० हजार र स्थानीय उपभोक्ताहरूको १५ लाख रुपैयाँ सहयोग आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले बताए। खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीले उपल्लो पाँखाथर टोल विकास संस्थामा आवद्ध भएका नयाँ घरले ४१ हजार र पुराना घरले २६ हजार रुपैयाँ गरी १५ लाख रुपैयाँ संकलन गरेका थिए। स्थानीयले २०३८ सालदेखि जुरेढुंगाको मूलको पानी सामुदायिक धारामार्फत उपभोग गर्दै आएका थिए। 

स्थानीयहरूले प्रयोग गर्दै आएको पाँच वटा मूलको पानीलाई केन्द्रित गरी नगरपालिकाले वडा–३ र ४ उपल्लो पाँखाथरका ७७ घर र एक सामुदायिक विद्यालयमा लिफ्टिङमार्फत खानेपानी पु¥याएको हो। पच्चीस एमएमको पाइपमा जुरेढुंगाको मुहानबाट सोझै संकलन ट्यांकीमा आएको छ भने पंधेरा घर, रिठाबोटसहितका कुवाको पानीलाई ४० एमएमको पाइपबाट १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर घरमा ‘एक घर, एक धारा’ निर्माण गरी घर घरमा वितरण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.