आज योमरी पुन्ही : नेवार समुदायमा धुमधामका साथ मनाइँदै (तस्बिरसहित)

आज योमरी पुन्ही : नेवार समुदायमा धुमधामका साथ मनाइँदै (तस्बिरसहित)

भक्तपुर : घरघरमा योमरी (मनपर्ने रोटी) पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् ।

नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो । 

प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवारहरु योमरी पुन्ही मनाउँछन् । चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी योमरी बनाइन्छ । हिजोआज चाकुका सटा खुवालगायतका अरु मसलाजन्य पदार्थ राखेर पनि योमरी पकाउने चलन बढेको छ । 

के हो योमरी ?

योमरी चामलको पीठोबाट बनाइने विशेष प्रकारको रोटी हो । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । योमरीभित्र चाकु राखिएको हुन्छ । कसैले यसमा चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो आदिले त्रिकोण आकारमा बनाइन्छ । वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरी योमरी बनाइन्छ । मंसिरमा काटेर भित्रयाइएको धानको चामललाई पिठो बनाएर योमरी बनाउने चलन छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.