मुस्ताङमा ट्राफिकले उठायो १३ लाख ६० हजार राजस्व

मुस्ताङमा ट्राफिकले उठायो १३ लाख ६० हजार राजस्व

जोमसोम : मुस्ताङमा ट्राफिक प्रहरीले  पाँच महिनामै १३ लाख ६० हजार राजस्व संकलन भएको छ। 

चालु वर्षको साउनदेखि मंसिर १८ गतेसम्म १ हजार ३९६ वटा सवारी साधनलाई कारबाही गर्दा त्यती राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल ९३० वटा सवारी साधानलाई कारवाही गर्दा ५ लाख ३६ हजार ट्राफिक राजस्व संकलन भएको थियो। 

गतवर्ष भने २ हजार १८४ वटा सवारी साधनलाई कारवाही गर्दा १३ लाख ७४ हजार राजस्व उठेको थियो। गतवर्षको तथ्यांक हेर्दा चालु वर्ष ट्राफिक राजस्व दोब्बरले वृद्धि हुनसक्ने इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्यामनारायण पौडेलले जानकारी दिए।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सडकको पहुँच सहज हुँदै जान थालेपछि जिल्लाबाहिरबाट उल्लेख सवारी साधन भित्रिने गरेका छन्। 

मुस्ताङ र म्याग्दीको सीमावर्ती क्षेत्र घाँसा प्रहरी चेक पोष्ट, जोमसोम, कागबेनी र मुक्तिनाथमा ट्राफिक प्रहरीहरुले सवारी साधनको चेकजाँच र निगरानी गर्ने गरिएको छ। 

ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक, मापसे सेवन गरी सवारी चलाउने चालक, तीव्र गतिमा सवारी चलाउने चालक, हेलमेट नलगाउने र क्षमताभन्दा बढी यात्रु राख्ने, प्रयोजनविपरीत सवारी चलाउने र सवारी साधनको आवश्यक कागजात नलिई सवारी चलाउनेलाई कारबाही गरिएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.