प्रधानमन्त्रीको स्वीकारोत्ति- पश्चिम सेती भारतले बनाउँछ

प्रधानमन्त्रीको स्वीकारोत्ति- पश्चिम सेती भारतले बनाउँछ

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत आयोजना भारतले बनाउने पक्कापक्की भइसकेको बताएका छन्। धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘सुदूरपश्चिमको आर्थिक विकासका लागि पनि पश्चिम सेती आवश्यक थियो। भारतको कम्पनीले पश्चिम सेती बनाउनका लागि लाइसेन्स लिइसकेको छ। त्यो भरपर्दो कम्पनी हो, त्यसैले अब पश्चिम सेती बन्छ,’ देउवाले भने।

उनले पञ्चेश्वर परियोजना बनाउनका लागि भारत तयार रहेको फेरि पनि भारतका प्रधानमन्त्रीसँग कुरा गर्ने जिकिर गरे। ‘भारत भ्रमणका बेला पनि भारतीय प्रधानमन्त्री पञ्चेश्वर परियोजनाको विकासका लागि तयार हुनु भएको हो। म फेरि पनि भारतका प्रधानमन्त्रीसँग कुरा गर्छु। पञ्चेश्वर परियोजनाले नेपालको मात्रै होइन, भारतलाई पनि फाइदा गर्छ। भारत पनि बनाउन तयार छ,’ उनले भने। 

प्रधानमन्त्री देउवाले अहिले देशमा आर्थिक मन्दीको अवस्था रहेकाले सरकार त्यसको समाधानका लागि पहल गरिरहेको बताए। उनले पञ्चेश्वर परियोजना, पश्चिम सेतीमात्रै होइन, राष्ट्रिय गौरवको रानीजनमरा कुलरिया सिचाई आयोजना, दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महाकालीको चार लेनको पुलजस्ता आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान पुर्‍याउने योजनाहरू सरकारको प्रार्थमिकतामा रहेको बताए। 

‘पश्चिम सेती र पञ्चेश्वरमात्रै होइन। सुदूरपश्चिमका लागि राष्ट्रिय गौरवको योजना रानी जमरा कुलरिया सिचाई आयोजना, महाकालीमा बनिरहेको चार लेनको पक्की पुल, दोधाराचादनीमा सुख्खा बन्दरगाह र विषेश आर्थिक क्षेत्रजस्ता रोजगार दिलाउनसक्ने परियोजना सरकारका प्राथमिकतामा छन्। हामीले यी योजनाहरूको छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउनका लागि पहल गरिरहेका छौं’ प्रधामन्त्री देउवाले भने।

देउवाले कोभिडको समय स्मरण गर्दै भने, ‘मैले कोभिडको महामारीका बेला पनि भनेको थिएँ, खोप खोप खोप। मेरो कार्यकालमा सबैलाई खोपको ब्यवस्था गरेको छु। अझै पनि नयाँ नयाँ भेरियन्टका कुराहरु आइरहेका छन्। अब जनताले पनि ‘सेल्फ सेक्युरिटी’ गर्नुपर्छ। सरकारले अहिले कोभिड पूरै नियन्त्रणमा ल्याइसक्यो।’ 

डडेल्धुराबाट स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गर्दै हालै प्रतिनिधि सभामा जितेका देउवाले महोत्सवको उद्घाटनका क्रममा सरकारको गठन र सर्वोच्चका प्रधान न्यायाधीश प्रकरण बारे केही बोलेनन्। 

प्रधानमन्त्री देउवालाई महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्य १५ वटा माग र १५ किलोको माला पनि लगाइएको थियो। कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ को क्यालेन्डरमा महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवमा देशका कार्यकारी प्रमुखलाई बोलाउने र आफ्ना मागहरू बराबर फूलको माला हाल्ने परम्परा बसाइएको छ। २२ किलोको माला र २२ वटा मागहरूबाट सुरु भएको महोत्सवमा यो पटक गरी देउवाले तीन पटक माग बराबरको माला लगाइसकेका छन्। 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन सत्रमा प्रदेश प्रमुख देबराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका बक्ताहरूले मन्तब्य ब्यक्त गरेका थिए। 

महोत्सवका सुदूरपश्चिमका कलासंस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएका थिए भने विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका आधा दर्जन बढी ब्यक्तिहरूलाई सम्मान गरिएको थियो। कैलाली उद्योग वाणिज्य संघले हरेक वर्षको मंसिर २२ गतेका दिन महोत्सवको आयोजना गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.