कर्णालीमा पनि उस्तै क्रेज

कर्णालीमा पनि उस्तै क्रेज

दैलेख : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भर्खरै सम्पन्न भएको छ। प्रत्यक्षतर्फको मतपरिणामपछि समानुपातिक निर्वाचन प्रर्णालीको अन्तिम मत परिणामसमेत निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ। निर्वाचनको मत परिणामसँगै सरकार गठनको चर्चा चुलिएको छ। यहीबीचमा विश्वकप फुटबलको क्रेज पनि कर्णालीमा बढ्दो छ।  

फुटबलप्रेमीका माझ विश्वकप फुटबलको उपाधि कसले उचाल्छ भन्ने विषयले चर्चा पाइरहेको छ। कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतसहित अन्य जिल्लाका सदरमुकाम मात्र होइन्, ग्रामीण क्षेत्रमा पनि विश्वकप फुटबलको क्रेज बढेको छ। कर्णालीका विभिन्न जिल्लामा चिसो बढिरहेको छ। चिसोको प्रवाह नगरी फुटबलप्रेमिहरू सामुहिक रुपमा प्रोजेक्टरमार्फत खेल हेरेर रमाइलो गरिरहेका छन्। कतिपय खेलप्रेमी एक्लै बसेर मोबाइलमै भए पनि फुटबलको मज्जा लिइरहेका छन्। 

जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ का मानबहादुर खड्काले कतारमा जारी विश्वकप फुटबलको क्रेज कर्णालीमा धेरै रहेको बताए। ‘विश्वकप फुटबलको क्रेज धेरै छ। हामी सामुहिक रुपमा टेलिभिजनमा खेलहरू हेरिरहेका छौं। कतिपयले प्रोजेक्टरमार्फत विश्वकपको मज्जा लिइरहेका छन्’, उनले भने। ब्राजिलको समर्थक उनले यस पटक ब्राजिलले नै विश्वकप उपाधि जित्नेमा आशावादी रहेको बताए। 

सल्यानको कुमाख गाउँपालिका–५ कालागाउँका भीम कुमाखीले आफू कुनैपनि टिमको समर्थक नरहेको बताए। ‘विश्वकपका खेलहरूको मज्जा लिइरहेको छु। तर, म कुनै पनि टिमको समर्थनमा छैन्। जुन टिमले उपाधि जित्छ, उसकै समर्थन गर्छु’, उनले भने। एक साता दाङमा रहेका उनले प्रोजेक्टरमार्फत सामुहिक रुपमा विश्वकप फुटबलका खेलहरू हेरेको बताए। ‘भर्खरै सुर्खेत आइपुगेको छु। सम्भव भए यहाँ पनि सामुहिक रुपमा ठूलो पर्दामा खेल हेर्छु।’ 

दैलेखका अस्मित सिजापतीले कर्णालीमा युवाहरूले विश्वकप फुटबललाई विशेष चासो दिएर हेरिरहेको बताए। ‘विश्वकपको क्रेज फुटबलप्रेमी सबैमा उत्तिकै छ। विशेषगरी युवाहरूले बढी चासोका साथ हेरिरहेका छन्’, उनले भने। उनले आफू ब्राजिलको समर्थक रहेको बताए। ‘सबै फुटबलप्रेमीले फरक फरक टिमलाई समर्थन गरेका छन्। म ब्राजिलको समर्थक हुँ। ब्राजिलले नै यसपालिको विश्वकप जितेको हेर्ने रहर छ’, उनले भने। कर्णालीका अधिकांस स्थानमा इन्टरनेट सेवाको सहज पहुँच छैन। तर, मोवाइल डाटाबाटै भए पनि विश्वकप फुटबलका खेलहरू हेर्ने गरेको उनले बताए। 

यी केही प्रतिनिधिमुलक फुटबलप्रेमी हुन्। उनीहरूजस्तै कर्णालीका अधिकांस फुटबलप्रेमीहरू विभिन्न माध्यमबाट विश्वकपको मज्जा लिइरहेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित गोरेटो बार एन्ड रेस्टुरेन्ट तथा लाइभ म्युजिक बारमा विश्वकप फुटबल हेर्ने दर्शकको भीड नै लाग्ने गरेको छ। ग्राहकहरू लाइभ म्युजिकमा रम्दै फुटबलको मज्जा लिन आउने गरेका छन्। दैलेखका अशोक रानामगरले होटलमै टेलिभिजनमा विश्वकप फुटबल हेरिरहेको बताए। आफू नियमित दर्शक भएको बताउँदै उनले उपाधि कुन टिमले उचाल्छ भन्ने थाहा पाउन पनि नियमित खेलहरू हेर्ने गरेको प्रतिक्रिया दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.