दक्षिण कोरियाको विकसित छन्आन् सहर (फोटो फिचर)

दक्षिण कोरियाको विकसित छन्आन् सहर (फोटो फिचर)

दक्षिण कोरिया : पूर्वाधार विकासमा फड्को मारिरहेको छन्आन् सहर दक्षिण कोरियाको छुङ्जङ्नाम्दो प्रदेशको होसो क्षेत्रमा अवस्थित छ। 

राजधानी सिवलबाट ८३.६ किलोमिटरको दूरी पार गरेपछि पुगिने छन्आन् सहरमा विभिन्न राष्ट्रियताका ६ लाख ८७ हजार ४ सय मानिसहरुको बसोबास रहेको छ। 

सिवल, छङ्जु, फ्यङ्तेक, थेजन्, आन्सान्, सुवन्लगायत सहरहरुको मध्ये भागमा पर्ने छन्आन् २४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो क्षेत्र कोरियाको कृषि र आद्योगिक हबको रुपमा पनि परिचित छ। 

यहाँ ७५ भन्दा बढी प्राथमिक, ३१ माध्यामिक, २३ उच्च माध्यमिक र थान्गुक, सनमुन्, नासारा, होसोलगायत ११ वटा विश्वविद्यालय रहेको सिछङ् जानकारी केन्द्रले जनाएको छ। 

यहाँबाट यात्रुहरुले विभिन्न क्षेत्रमा आवतजावतका द्रुत रेलमार्ग, भूमिगत रेलमार्ग, द्रुत बससेवा, विद्युतीय बस सेवा तथा ट्याक्सीलगायतका सवारी साधनको प्रयोग गर्न सक्ने सो केन्द्रले जनाएको छ। 

वातावरण न्यूनीकरणका लागि पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई कोरिया सरकारले विस्थापित गर्दै लगेको छ। यहाँ चार्ज गरेर चलाउन मिल्ने साइकलहरू चोकचोकमा उपलब्ध रहेको छ। 

यहाँबाट दु्रत रेलमार्गको सुविधा लिन सकिने भएकाले हवाइ सेवाको भने व्यवस्था नहुँदा पनि नागरिकहरुलाई जुनसुकै सहरमा आवत जावत गर्न समस्या नहुने जानकारी केन्द्रको भनाई छ।
 
त्यस्तै यहाँ सुन्छनयाङ्, थान्गुकदे अस्पताललगायतका आधा दर्जन अस्पताल रहेको छ भने अन्य २ दर्जनभन्दा बढी अस्पताल रहेका छन्। 

यहाँ कोरियन भाषासँगै  चिनियाँ र अंग्रेजी भाषासमेत प्रयोगमा रहेको पाइन्छ। 

सडक क्षेत्रमा ठूला, चारपाङ्ग्रे तथा अन्य सवारीका लागि छुट्टाछुट्टै लेन, साइकल लेन, दृष्टिविहिन तथा शारिरिक अपा ङ्गता भएकाहरुलाई लागि सहजै यात्रा गर्न सकिने मार्ग तयार पारिएको छ। 

इमार्ट तथा डिपार्टमेन्टर स्टोर र सिजाङ् (भित्रि बजार) हरूमा अपाङ्गता भएका मानिसहरुका लागि एलिभेटर, एक्सालेटरलगायतको प्रबन्ध मिलाइएको छ। 

सहरका विभिन्न चोकहरूमा पर्यटन प्रर्वद्धनका लागि आकर्षक स्ट्याचु, विभिन्न ऐतिहासिक महत्व झल्काउने कुँदिएका मूर्तिहरू निर्माण गरिएको छ। त्यस्तै सहर क्षेत्रमा पार्क, संग्राहलय धार्मिक स्तुपा निर्माण गरिएको छ। 

सहरको बीचमा कलकल बगिरहेको खोला र त्यसको दायाँबायाँ पर्यटकको मनै लोभ्याउने गरी रिभरसाइड बनाइएको छ। सो क्षेत्रमा व्यायमस्थल बनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.