नक्कली प्रहरी बनेर हिँड्ने पक्राउ
सन्धिखर्क: अर्घाखाँचीमा प्रहरी भन्दै अभद्र व्यवहार गर्ने २ नक्कली प्रहरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भुमिकास्थान नगरपालीका वडा नं ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नं ५ बागीका २० वर्षीय दिपक केसी रहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
पक्राउ परेकाले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा 'हामी नेपाल प्रहरीका सादा पोसाकमा खटिएका प्रहरी हो' भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसलमा चेकजाँच गर्ने, स्थानीय व्यक्तिलाई डर त्रासमा पारी गाली गलोज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
उनीहरूले नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरी माथी हापात, गाली गलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।