स्कुटीको ठक्करबाट एकजनाको मृत्यु

स्कुटीको ठक्करबाट एकजनाको मृत्यु

भक्तपुर: स्कुटीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे मनहरा पुल नजिकै भएको दुर्घटनामा परी चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटना बिहीबार दिउँसो दुई बजेतिर भएको थियो। दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको अहिले मृत्य भएको हो। दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो। त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो। उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्दने लामालाई नियन्त्रणमा लिइएको जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.