आज भक्तपुरमा योमरीको प्रदर्शनी

आज भक्तपुरमा योमरीको प्रदर्शनी

भक्तपुर: भक्तपुरको दतात्रयमा शनिबार योमरी (नेवार समुदायले योमरी पूर्णिमाको दिन पकाएर खाने मनपर्ने रोटी) को प्रदर्शनी हुँदैछ। नगरको दत्तात्रयमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म योमरी प्रर्दशनी गर्न लागेको हो।

प्रदर्शनीमा नगरबासीहरुले योमरीको प्रदर्शन गर्ने छन् । नगरवासीले बनाएका योमरीका परिकार प्रर्दशन हुनेछन् । प्रदर्शनीका क्रममा सांस्कृतिक प्रदर्शनी, खाद्यान्न उत्सव र सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा पनि गरिने छ।  

भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्यटन व्यावसायलाई आर्कषित गर्ने गरी योमरी प्रर्दशनी गर्न लागेको बताए। त्यस क्रममा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई संध्याकालीन सास्कृतिक सम्पदा पदयात्रा गरिने र भक्तपुरको सांस्कृतिक महत्वका सम्पदाको जानकारी दिइने कार्यक्रम रहेको बताए ।

भक्तपुरका सम्पदा क्षेत्र घुम्ने योजनाका भक्तपुर नगरपालिकाले यो कार्यक्रम राखेको उनले बताए । योमरी प्रदर्शर्नीमा योमरी मात्र नभई नेवार समुदायमा बन्ने विभिन्न परिकारको प्रदर्शनी हुनेछ । परिकारसँगै परम्परागत नाचको पनि प्रदर्शन हुनेछ । आजको प्रदर्शनीमा भैल प्याख (नाच) माक प्याख, लाखे प्याख, फाकन्डली प्याख बासुरी बाजाको प्रस्तुति हुनेछ । भक्तपुरको मौलिक जुजु धौ, परम्परागत तरिकाबाट उत्पादित तोरीको तेल र हातले तयार पारेको कालो टोपी अर्थात भातगाउँले टोपी पनि प्रदशनीमा राखिने छ । 

सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भक्तपुरको दरवार क्षेत्रबाट दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि बेलुकी सात बजेसम्म दतात्रयमा योमरी प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी र खाद्यान्न उत्सव हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.