भक्तपुरमा योमरीको प्रदर्शनी (फोटो फिचर)
भक्तपुर : भक्तपुरको दतात्रयमा शनिबार योमरी (नेवार समुदायले योमरी पूर्णिमाको दिन पकाएर खाने मनपर्ने रोटी) को प्रदर्शनी भएको छ। नगरको दत्तात्रयमा दिउँसो २ बजेदेखि सुरु भएको हो। यो साँझ ७ बजेसम्म योमरी प्रदर्शनी गर्न लागेको हो।
स्थानीय महिला समूहलाई योमरीलगायत अन्य नेवार समुदायमा बन्ने विभिन्न परिकारहरू राखेका छन्। साथै भैल प्याख (नाच) माक प्याख, लाखे प्याख, फाकन्डली प्याख बासुरी बाजाको प्रस्तुति हुने उनले बताए।
अन्तिममा राति नौ बाजाको प्रस्तुति गर्ने जनाइएको छ। साथै भक्तपुरको मौलिक जुजु धौ, परम्परागत तरिकाबाट उत्पादित तोरीको तेल र हातले तयार पारेको कालो टोपी अर्थात भादगाउँले टोपी पनि प्रदर्शनीमा राखिएको छ।