जुम्लामा ३१ वर्षमुनिका तीन सांसद

जुम्लामा ३१ वर्षमुनिका तीन सांसद

जुम्ला : देशभरका समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै जुम्लामा एकजना प्रत्यक्ष सहित ४ जना संघीय सांसद निर्वाचित  भएका छन्। 

प्रत्यक्षतर्फ निर्वाचित भएका राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) अहिले ३० वर्षका भएका छन्। जुम्लामा समानुपातिकतर्फ पनि तीन अरु सांसद निर्वाचित भएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कान्तिका सेंजुवाल र नेकपा माओवादी केन्द्रका छिरिङ लामा निर्वाचित भएका छन्।

उनीअरु तीनजनामध्ये विनिता २७ वर्षकी भइन् भने छिरिङ ३१ वर्षकी भइन् । समानुपातिकमा १० हजार ५ सय ४८ मतसहित पहिलो बनेको नेकपा एमालेबाट भने जुम्लामा कोही पनि पर्न सकेनन्।

नेपाली कांग्रेसले १० हजार ४ सय ७६ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ८ हजार ९ सय ६० मत प्राप्त गरेको थियो। त्यसैगरी, राप्रपाले ५ हजार ७ सय ९६ मत प्राप्त गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८९९ मत प्राप्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.