घरायसी विवादले उग्ररुप लिएपछि श्रीमानको हत्या
अर्घाखाँची: अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। छत्रदेव गाउँपालिका वडा नम्बर-१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।
घरायसी झगडामा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए। रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिचेर हत्या गरेको डीएसपी रिजालको भनाइ छ ।
पासो लगाइ दोस्रो तलाको दलिनमा झुण्ड्याएर हत्या गरेको लक्ष्मीले प्रहरीसँगको बयानमा भनेकी छन्। हत्यापछी श्रीमानले कुटपिट गरेको भन्दै उनले गाउँमा गुहार मागेकी थिईन् ।
लक्ष्मीलाई पक्राउ गरिएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ ।