स्याङ्जामा संघ र प्रदेश समानुपातिकमा कांग्रेसलाई बढी मत

स्याङ्जामा संघ र प्रदेश समानुपातिकमा कांग्रेसलाई बढी मत

स्याङ्जा : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ स्याङ्जामा कांग्रेसले सबैभन्दा बढी मत पाएको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार यहाँ नेपाली कांग्रेसले संघतर्फ समानुपातिकमा ५३ हजार ४३० मत पाएको हो। यसैगरी, नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले ५० हजार ४८८ मत पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार २२६ मत प्राप्त गरेर तेस्रो स्थानमा र ४ हजार ९०९ मत सहित नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ।

यसैगरी, ३ हजार ४८ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ स्थानमा र मंगोल नेशनल अर्गनाइजेशन १ हजार ४१६ मत सहित छैटौं स्थानमा रहन सफल भएको छ। 

नेकपा एकीकृत समाजवादीले ८ सय ६२ मत पायो भने अन्यले २ हजार ३७१ मत पाएका छन्। यसैगरी, प्रदेशतर्फको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसकै मत बढी छ। 

कांग्रेसले ६१ हजार २५५ मत पाउँदा नेकपा एमालेले ५६ हजार ६ सय मत पाएर गण्डकी प्रदेशको समानुपातिकतर्फ दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ७४७ मत र चौथो स्थानको नेकपा माओवादी केन्द्रले ४ हजार ७२४ मत पाएको छ।

मंगोल नेशनल अर्गनाइजेशनले २ हजार १०३ मतसहित पाचौं,  हाम्रो नेपाली पार्टीले १ हजार १०५ मत सहित छैंटौं र ९ सय ४२ मतसहित नेकपा एकीकृत समाजवादी सातौं स्थानमा छ। 

यसैगरी, अन्य राजनीतिक दलहरू राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, जनता प्रगतीशील पार्टी लगायत अन्यको जम्मा ३ हजार ३ सय ६६ मत रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.