कर्णाली नदीमा बेपत्ता दुईजनाको शव फेला
कालिकोट : कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा बेपत्ता भएका तीनजनामध्ये दुईको शव भेटिएको छ।
सशस्त्र प्रहरीको गोताखोरको टोलीले शव फेला पारेको हो। बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षीय उमेश गिरी र कैलाली लम्कीचुहा नगरपालिका ४ का २३ वर्षीय जेसीबी चालक मंगल चुडारीको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो । उनीसँगै
दुर्घटनामा परी हराइरहेका सोही गाँउपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजीकार्य जारी छ ।
यीही मंसीर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट कर्णाली नदीमा खसेको थियो। जेसीबीमा रहेका ८ जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते र ३ जना बेपत्ता भएका थिए ।