धरानबाट लागुऔषधसहित छजना कारोबारी पक्राउ

धरानबाट लागुऔषधसहित छजना कारोबारी पक्राउ

धरान : प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठूलो परिणामको लागुऔषधसहित कारोबारमा संलग्न छजना पक्राउ गरेको छ । बुधबार राति खटिएको इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले गोप्य सूचनाको आधारमा धरान ३ स्थित सदन रोड , १४ को विजयपुर र धरान ५ को देउरालीका तीन स्थानमा प्रहरीको टोली परिचालन गरी छापा मार्दा छजना कारोबारीसहित ठूलो परिणामको लागुऔषध बरामद गरिएको बताए। 

पक्राउ पर्नेमा धरान ३ का ३४ वर्षीय मन्त्री उपनामका मनकुमार श्रेष्ठ, धरान ५ का २६ वर्षीय अमन राई, धरान १४ का २१ वर्षीय रञ्जित तामाङ, १९ वर्षीय नेल्शन याख्या, २० वर्षीय शाहिल भण्डारी र १९ वर्षीय शेखर परियार रहेका छन्।

प्रहरी टोलीले धरान ३ स्थित सदन रोडमा मनकुमारको कोठाबाट फेनेरगन, ३२ एम्पुल, डाइजेपाम ३९ एम्पुल, लुपिजेसिक ३९ एम्पुल र एभिल ४५ एम्पुल बरामत गरिएको डीएसपी श्रेष्ठले बताए । 

त्यस्तै, ट्रामाडोल एक हजार ट्याब्लेट, स्पास्पेइन एकहजार ५ सय ट्याब्लेट बरामत गरिएको उनले बताए । 

त्यस्तै, धरान ५ देउरानलीस्थित अमन राईको घरबाट लागुऔषध ५ हजार ३९ ट्याब्लेट ट्रामाडोल, २ हजार ६ सय ४०ट्याब्लेट स्पास्पेइन बरामत गरिएको डीएसपी श्रेष्ठले बताए । 

धरान १४ का रञ्जित तामाङको घरबाट २ सय ४० ट्याब्लेट स्पास्पेइन र २ सय ५०ट्याब्लेट ट्रामाडोल बरामत गरिएको उनले बताए । त्यस्तै भण्डारी, याक्खा र परिवारको साथबाट ८ ट्याब्लेट स्पास्पेइन र ८० ट्याब्लेठ ट्रामाडोल बरामत गरिएको डीएसपी श्रेष्ठले बताए । 

पक्रा परेका छजनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ परेका छजनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । 

उनले धरानमा पछिल्लो समयमा लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरी कारबाही गर्दा समेत कारोबार भने नरोकिएको बताए । कतिपय लागुऔषध कारोबारी अदालतको आदेशले धरौटीमा छुट्ने र छुटेपछि पुनः लागुऔषको कारोवारमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.