सार्वजनिक क्षेत्र खाली गर्न चाँगुनारायण नगरपालिकाको निर्देशन

सार्वजनिक क्षेत्र खाली गर्न चाँगुनारायण नगरपालिकाको निर्देशन

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक अतिक्रमित क्षेत्र हटाउन निर्देशन जारी गरेको छ। नगर क्षेत्रका सार्वजनिक, पर्ति, ऐलानी जग्गा अतिक्रमण गरी बनेका भौतिक संरचना(घर, टहरा, पसल कवललगायत) हटाउन नगरपालिकाले सार्वजनिक आह्वान गरेको हो।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हीरामणि सुवेदीले पुस मसान्तभित्र हटाउन सूचित गरेको बताए। उनले भने, ‘हामीले ३५ दिनभित्र अर्थात् पुष महिनाभित्र हटाइसक्न सम्पूर्णलाई सूचित गरिसकेका छौँ। निर्धारित मितिभित्र पनि नहटाए नगरपालिकाले हटाउने छ।' नगरपालिकाले हटाउँदा लागेको खर्च सम्बन्धितसँग असुल्ने पनि उनले बताए।

चाँगुनारायण नगर क्षेत्रका सार्वजनिक, सरकारी र पर्ति जग्गाको संरक्षण गर्न  बनेको सडक मापदण्ड एवं सहरी विकासका लागि तोकिएको मापदण्ड विपरीतका संरचना हटाउन लागेको नगरपालिकाले जनाएको छ।

वन कार्यालयले एक दशकदेखि अतिक्रमण गरी बनाएका संरचना हटाउने प्रयास गरे पनि राजनीतिक दलको दवावले सकेको थिएन्।  यसअघि नगरपालिकाले अतिक्रमण गरी बनाइएका घर टहरा स्थानीय आफैंले भत्काउन समय सीमासहितको सूचना जारी गरेपछि स्थानीय र व्यवसायीको टोलीले तत्काल घर टहरा नभत्काउन नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए।
  
यसअघि पनि पटकपटक यस्तो प्रयास भए पनि अतिक्रमित संरचना नहटेकाले अबको सूचना कति प्रभावकारी हुन्छ हेर्न बाँकी रहेको संरक्षणकर्मीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.