साउदीमा सडक दुर्घटनामा हात गुमाएका दाङका हेमराज नेपाल फिर्ता

साउदीमा सडक दुर्घटनामा हात गुमाएका दाङका हेमराज नेपाल फिर्ता

साउदी : साउदीमा भएको दुर्घटनामा हात गुमाएका हेमराज केसी  स्वदेश फर्किएका छन् ।साउदी अरेबियामा रोजगारीको क्रममा सडक दुर्घटनामा परी १ हात गुमाएका दाङका हेमराज केसी ९ महिनापछि स्वदेश फिर्ता भएका हुन् ।

वैदेशिक रोजगारका क्रममा दाङ–५ का हेमराज केसी काठमाडौंमा रहेको नासिर हाउसिङ म्यानपावरबाट २२ मार्च २०२२ का दिन साउदी पुगेका थिए। २५ अप्रिलमा कम्पनीको गाडीमा कोठा फर्कने क्रममा सडक दुर्घटना परी एक हात गुमाएका थिए । दुर्घटनामा उनीसँगै रहेका झापाका एक नेपालीको मृत्यु भएको थियो भने रमेश रम्तेलले एउटा हातको ३ औंला गुमाएका थिए।

दुर्घटनापछि कम्पनीले साधारण उपचारपछि वेवास्ता गरेको र आवश्यक उपचार नगरेको, खान तथा उपचार गर्न कठिनाइ रहेको भन्दै पीडितले गुनासो गरेलगत्तै एनआरएन महिला केन्द्रीय सदस्य यास्मिन वेगम, एनआरएन मध्यपूर्व संयोजक जोन राजेन्द्र अर्याललगायत त्यहाँ रहेका नेपालीको पहलमा आर्थिक सहयोग गरेका थिए।  उनीहरुले पीडितलाई चाँडो स्वदेश फिर्ताका लागि रियादस्थित नेपाली दूतावासलाई आग्रह गरेका थिए ।

अलपत्र परेका केसीका अनुसार सम्झौता अनुसारको सेवा सुविधा नपाएको, सडक दुर्घटनामा आफ्नो गल्ती पुलिस केसमा देखाएको र केश तनफिज कोर्टमा रहेकाले  लामो समयदेखि कुनै सुनुवाई नभएको बताएका छन्। 

हात गुमाएका पीडित केसीले दूतावासमा जानकारी दिएलगत्तै रियादस्थित नेपाली दूतावासले सम्बन्धित कम्पनी, म्यानपावर र पीडितसँग छलफल गरी आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुको साथै पीडितले पाउनुपर्ने सेवा सुविधामा जोड दिएको थियो।

केसीको स्वदेश फिर्ता सँगै पाउनुपर्ने इन्सुरेन्स रकमलगायत अन्य सेवा सुविधाको सहयोग गराउने जानकारी दूतावाले  दिएको छ। केसीको विना उपचार र सेवा सुविधा नदिइ कम्पनीले स्वदेश फिर्ता गर्न लागेपछि दूतावासले उडान रद्द गराएको थियो । 

साउदी जाँदा केसीले नासिर हाउजिङ म्यानपावरलाई १ लाख ८५ हजार बुझाएका थिए।भदौ १६ मा हेमनाथको बारेमा अन्नपूर्णपोस्टमा समाचार प्रकाशित भएपछि साउदीमा रहेको सामाजिक संस्था नेपाली साझा मञ्चले ६९ हजार १ सय ९९ रूपैयाँ सहयोग गरेको  थियो भने स्याङ्जा सहयोग समाज तथा कास्की आदर्श समाज साउदीले २ महिनाका लागि खाद्यान्न सहयोग समेत गरेका थिए ।

त्यस्तै पारिवारिक समाज नेपालले पीडित मोरङ पथरी १० सनिश्ररे  निवासी प्रेमबहादुर तामाङलाई लत्ताकपडा ,हवाई टिकट तथा नगद सहयोग गरी नेपाल फर्काउन सहयोग गरेको थियो । 

सिन्धुली घर भएका नविन कुमार नेपालीको पनि उद्दार भएको छ।  वैदेशिक रोजगारको सिलसिलामा साउदीको रियादमा आएका उनी ४ महिनादेखि  बिरामी परी अलपत्र परेका थिए। 

यसैगरी कम्पनीले आवश्यक उपचार नगरी नेपाल पठाउन खोजेपछि साउदीमा रहेको सामाजिक संस्था नेपाली साझा मञ्च  परिवार , नेपाली लालीगुराँस रेष्टुरेन्ट तथा अन्य व्यक्तिको सहयोगमा कोरिया बस्दै आएका हूमन छढुङेल हवाई टिकटको व्यवस्था गरी स्वदेश फिर्ता भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.