नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य बिमा गरिदिने

नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य बिमा गरिदिने

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ६० वर्ष पूरा भई ७० वर्ष ननाघेका जेष्ठ नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ। 

नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको जेष्ठ नागरिक स्वास्थ्य बिमा सम्बन्धमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा बागमती प्रदेश बिमा बोर्डका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। 

बैठकले जेष्ठ नागरिक परिवारको सदस्य संख्या पाँच जनासम्म भएमा सबैको बिमा प्रिमियम (योगदान) बापतको रकम नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ। 

जेष्ठ नागरिकप्रति आश्रित बाबुआमा नभएका टुहुरा नाबालकहरू रहेको हकमा परिवारका सबैको स्वास्थ्य बिमाको प्रिमियम नगरपालिकाबाट व्यवस्था गर्ने निर्णय गरेको छ। 

साथै जेष्ठ नागरिकको बिमालेख बापतको रकम नगरपालिकाले स्वास्थ्य बिमा बोर्डलाई उपलब्ध गराउने निर्णय भएको छ।

नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जेष्ठ नागरिक बिमा कार्यक्रम आजबाट सुरु भएको बताए। 

उनले जनप्रतिनिधि यस नगरपालिका-७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति र कार्यपालिका सदस्य सरस्वती खड्का तथा बालकृष्ण परियारबाट सुरु भएको जानकारी गराए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.