अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ? यसो गर्नुस्

अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ? यसो गर्नुस्

काठमाडौं : पछिल्लो समय इमेलको प्रयोग बढ्दै गएको छ। इमेलको प्रयोग बढ्दै जाँदा अनावश्यक इमेल आउँदा प्रयोगकर्ता हैरान हुने गरेका छन्। 

हामीले कहिलेकाही विभिन्न वेबसाइटमा न्युजलेटर सु्क्राइब गर्छौं अनि त्यसको मेल आउन थाल्छ। अनि कतिपयले इमेल ठेगाना पाएर पनि मेल गरिरहेका हुन्छन्। 

यसका लागि 'इमेल स्टुडियो' नामक वेबसाइटले यसका लागि सेवा उपलब्ध गराउँदै आएको छ। यसमा इमेल मर्ज गर्ने, एकैपटक धेरै इमेल डिलेट गर्ने, इमेल फर्वाड गर्ने, इमेल क्लिन गर्ने लगायतका सुविधा उपलब्ध छ। 

यसमा इमेल क्लिन अप नामक फिचर अति नै उपयोगी छ। यसका लागि सुरुमा आफ्नो इमेल आइडी राखेर लगइन गर्नुपर्छ। त्यसपछि इमेल क्लिन अपमा नयाँ नियम सेट गर्न सकिन्छ। 

यसमा नयाँ नियम सेट गर्दा कुनै एक नाम दिन सकिन्छ। त्यसपछि जिमेल फोल्डरमा इनबक्स चयन गर्नुपर्छ।  यी काम गरेपछि इमेल स्टुडियोले यस इमेलमा के एक्सन लिने हो ? कहाँ सीफ्ट गर्ने हो ? आफूले ट्रयास अप्सनमा क्लिक गर्ने । जब ती नाम गरेका इमेल आउँछ ती मेल आफैं डिलेट हुन्छन्। 

यसैगरी जिमेलले पनि यसका लागि फिचर उपलब्ध गराएको छ। यसका लागि जिमेलको सेटिङमा गएर फिल्टर्स एण्ड ब्लक्ड एड्रेसेसमा जानुपर्छ। 

त्यसपछि क्रेट न्यू फिल्टर गर्ने त्यसमा मेल, शब्द, शीर्षक आदि राख्न सकिन्छ। त्यसपछि क्रेट फिल्टरमा ओके गर्ने र डिलेट इट अप्सनमा क्लिक गर्ने। यति गरेपछि अनावश्यक आएका इमेल स्वतः डिलेट हुन्छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.