बैतडी शिक्षक मृत्यु प्रकरण : चार शिक्षक र सात विद्यार्थी प्रहरी नियन्त्रणमा

बैतडी शिक्षक मृत्यु प्रकरण : चार शिक्षक र सात विद्यार्थी प्रहरी नियन्त्रणमा

बैतडी : बैतडीको पाटन नगरपालिका-६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धनबहादुर बिष्टको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

प्रहरीले अहिले चार जना शिक्षक र सात जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छ। 

सोधपुछको काम अन्य शिक्षक तथा विद्यार्थीहरूसँग समेत भइरहेको र अहिले ४ शिक्षक र ७ जना विद्यार्थी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर सोधपुछको काम भइरहेको उनले बताए। उनीहरूको परिचय अहिले गोप्य राखिएको उनले बताए। 

पुस १ गते शुक्रबार विद्यालयका एक जना शिक्षकले स्वागत भोज (वेलकम पार्टी)कार्यक्रम राखेका थिए। उक्त भोज कार्यक्रममा बिष्ट समेत सहभागी थिए। 

स्वागत भोज अपराह्न सकिएको बुझिएको छ। त्यही भोज कार्यक्रममा सहभागी शिक्षक र छात्रवासमा बस्दै आएका विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। 

शनिबार दिउसो शिक्षक बिष्ट कृष्ण माविको छात्रवास नजिकै मृत फेला परेका थिए। शिक्षक बिष्ट पनि छात्रवासमा नै बस्दै आएका थिए।  

पोष्टमाटमको रिर्पोट पनि प्रहरीले सार्वजनिक गरेको छैन। मृतकका आफन्तले छाती, मुख तथा नाकमा चोट लागेको दखिएकाले मृत्यु नभई हत्या नै गरिएको दाबी गर्दै आएका छन्। 

‘अनुहारभरि चोट छ, दाँत भाँचिएको छ, नाकमा पनि चोट छ, छातीमा समेत चोट छ, यस्तो अवस्थामा शव देखिएकाले यो हत्या नै हो,’ आफन्त लोकन्द्र बिष्टले भने। ठोस अनुसन्धान अघि नबढेसम्म शव समेत नबुझ्ने अर्का आफन्त हर्क बिष्टले बताए। 

शिक्षक, विद्यार्थी र मृतकका आफन्त आन्दोलित 

सोमबारदेखि विद्यार्थी तथा मृतकका आफन्तले आन्दोलन चर्काएका छन्। सोमबार कृष्ण माध्यामिक विद्यालय, पाटन बहुमुखी क्याम्पस र भिमदत्त पोलिटेक्निकल इन्स्च्युटका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। 

उनीहरूले बजार क्षेत्र र पाटन नगरपालिकाको कार्यालयमा परिसरमा आन्दोलन गरेका थिए। मंगलबार पनि जिल्लाका विभिन्न ठाउँमा चक्काजाम गरिएको थियो। 

दशरथचन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध पारिएको थियो। शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको र सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै विद्यार्थी र शिक्षक तथा स्थानीयहरू आन्दोलित बनेका थिए। अहिले पनि दशरथचन्द राजमार्ग ठप्प छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.