सोलुखुम्बुको नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाखको क्षति

सोलुखुम्बुको नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाखको क्षति

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ स्थित नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाख बराबरको क्षति भएको छ।

आज (मंगलबार) साझ स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा पाँचवटा जल्दा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आगलागीबाट बुद्धिबहादुर कार्की, रमेश बस्नेत, गणेश बस्नेत र कल्पना बस्नेतको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने प्रणय राईको घरमा सामान्य क्षति पुगेको छ।

आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको ३ तले घर रमेश बस्नेतको घरसहित किराना पसल, मोबाइल पसल पूर्ण रूपमा जल्दा एक करोड ५० लाख बराबरको, बुद्धि बहादुर कार्कीको ढुङ्गामाटोले बनेको र टिनको छानो भएको ३ तले घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबरको, गणेश बस्नेतको ढुङ्गामाटोले बनेको र टिनको छानो भएको ३ तले घरसहित भित्र रहेको मोबाइल पसल जलेर नस्ट हुदा १ करोड बराबरको र कल्पना बस्नेतको ढुंगामाटोले बनेको र टिनको छानो भएको ३ तले घरसहित भित्र रहेको फेन्सी पसल र मोबाईल पसल जल्दा १ करोड ४० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहले जानकारी बताए।

त्यसैगरी प्रणय राईको ३ तले पक्की घरमा सामान्य क्षति पुग्दा २ लाख बराबरको नोक्सान भएको छ।

मंगलबार साझ साढे ५ बजबाट सुरु भएको आगो सोलुदुधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीय लगायतको पहलमा राती ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.