कांग्रेस संसदीय दलको निर्वाचन सुरु (तस्बिरसहित)

कांग्रेस संसदीय दलको निर्वाचन सुरु (तस्बिरसहित)

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सुरु भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान निर्धारित समयभन्दा ढिला गरी मतदान सुरु भएको हो।  

देउवा पक्षले मोबाइल लैजान पाउनुपर्ने र शेखर-गगन पक्षले मोबाइल लैजान नमिल्ने तर्क गरेपछि मतदान निर्वाधित समयभन्दा ढिलाई भएको थियो। अहिले मोबाइल लैजान पाउने सहमति भएपछि मतदान सुरु भएको हो।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन्। देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन्। 

डा. कोइरालाले संस्थापन इतर पक्षबाट दलका नेतामा दाबी गरेपनि अन्तिममा थापालाई छाडेका हुन्। देउवाका समर्थक उपसभापति पूर्णबहादुर खड्का र थापाका समर्थक उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्।

दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसका सांसद ८९ जना छन्। मंगलबार अपराह्नसम्म थापाका पक्षमा ३९ सांसद पुगेको दाबी नेताहरूले गरेका छन्। 

मतदानस्थलमा सांसदहरु मतदान गर्न लाइनबद्ध रहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.