सुन्तला महोत्सवले व्यावसायिक किसान उत्साहित

सुन्तला महोत्सवले व्यावसायिक किसान उत्साहित

गुल्मी : पहिलोपटक आयोजना गरिएको सुन्तला मेला (महोत्सव) ले गुल्मीको छत्रकोट गाउँपालिका क्षेत्रका किसानहरू उत्साहित भएका छन्। 

सुन्तला उत्पादनमा पकेट क्षेत्रका रूपमा पहिचान बनाएको छत्रकोटमा किसानको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव सञ्चालन गरिएको थियो। महोत्सवले व्यवसायिक किसानहरू उत्साहित भएका छन्।

सुन्तला महोत्सवको आयोजना गाउँकै अनमोल कृषि समूहले गरेको थियो। समूहका अध्यक्ष विष्णु पन्थले महोत्सव निकै नै फलदायी भएको बताए। 

एक दिने महोत्सवको अवधि बढाउन धेरै क्षेत्रबाट सुझाव आफूलाई आएको उनले अनुभव सुनाए। ‘एक दिनकै मेलामा झण्डै १० क्विन्टल सुन्तला बिक्री भयो’,उनले भने, ‘पाहुनालाई सुपथ मूल्यमा सुन्तला उपहार दियौँ।’ 

उनले सुन्तलाको बजारीकरणमा मेला कोशेढुंगा सावित भएको प्रतिक्रिया दिएका छन्। मेलामा सुन्तला खाने खेल र एक डोका सुन्तला बोकेर दौडिने लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो। 

पाँच मिनेटभित्र दुई किलो खाने प्रतियोगितामा एक किलो ७ सय ग्राम सुन्तला खाने स्थानीय सुशील खनाल प्रथम भएका छन्। सुन्तला खाने प्रतियोगितामा ६ जना प्रतियोगी सहभागी थिए। 

बजारमा कम्तीमा ५० देखि एक सय २० रुपैयाँमा बिक्री हुँदै आएको सुन्तला महोत्वका दिन प्रति किलो ४५ देखि ६० रुपैयाँमा बिक्री भएको आयोजकले जनाएको छ। 

छत्रकोट गाउँपालिकाका १ सय ६० घरधुरीले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन्। ती किसानहरूले यसवर्ष करिव ढाई करोड बरावरको सुन्तला बिक्री गरेको समूहले जनाएको छ। आगामी पाँच वर्षभित्र गाउँपालिकाभरी ५ देखि ७ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने लक्ष्य लिइएको छ। 

गाउँपालिकामा उत्पादन भएको सुन्तला खेतीलाई महात्सवको माध्यमबाट प्रचारप्रसार गर्न महोत्सवले विशेष भूमिका निर्वाह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले सुनाए। 

गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रै भएको र जिल्लाभन्दा बाहिर समेत सुन्तलाको प्रचार प्रसार गर्न आवश्यक रहेकाले महोत्सव गरिएको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.