६ वर्ष बितिसक्दासमेत बनेन कागबेनी पुल

६ वर्ष बितिसक्दासमेत बनेन कागबेनी पुल

जोमसोम : राष्ट्रिय गौरवको जोमसोम–कोरला जोड्ने कागबेनीको पक्की पुल लामो समयदेखि अलपत्र छ। 

ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दासमेत वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणधीन पक्की पुल सम्पन्न हुन नसकेको हो।

जोमसोम–कोरला सडक २०७४ सालदेखि सुरु भएको थियो। तर, आयोजना सुरु हुनुपूर्व नै २०७३ असार ३० गते डिभिजन सडक कार्यालय बाग्लुङले २ करोड ८८ लाख ५१ हजारमा ठेक्का लगाएको थियो।

मुक्तिनाथबाट बहने कागबेनी खोलामा जम्मा २५ मिटर लम्बाई र रेलिङ र फुटपाथसहित ११ मिटर चौडा पुल निर्माण गर्न गाल्वा एण्ड रिफना जेभीले ठेक्का सम्झौता गरेको थियो। 

यो पुल सुरुवात नहुँदै १० महिनापछि २०७४ साल बैशाखमा डिभिजन सडक कार्यालय बाग्लुङले राष्ट्रिय गौरवको आयोजनालाई हस्तान्तरण गर्‍यो।

सुरुवाती पुलको सम्झौता अवधि १८ महिना तोकिएको भएपनि पुलको म्याद पटक-पटक थप हुँदै आइरहेको थियो।

आयोजनालाई ६ वर्षअघि पुल हस्तान्तरण हुँदा १ महिनापछि जेठ महिनामा पुलको काम सुरुवात गरेको थियो। निर्माण कम्पनीले पुलको दाँयाबाँया र्‍याफ फाउन्डेसन ढलान सुरु गर्‍यो। 

तर, उक्त र्‍याफ फाउन्डेसन बर्खायामको बाढीले क्षति बनाइदियो। त्यसपछि केही वर्ष निर्माण कम्पनीले पुलको काम सुचारु गर्न नसक्दा पुलको कामबीचमै अलपत्र बन्यो।

त्यसबेला गाल्वाका प्रबन्ध निर्देशक नरहरी थपलियाले पुलको काम ढिलाई हुनुको कारणबारे अनविज्ञता प्रकट गरेका थिए। 

उनले गाल्फाले जोइन भेन्जरका रूपमा रफिनासँग मिलेर काम गरेको त्यसबेला जनाएका थिए। गाल्फा ठुलो निर्माण कम्पनी भएकाले रफिनाले गाल्वाको नाम जोडेर रफिनाले काम गरेको थियो। 

कागबेनी पुलको जिम्मा पाएका रफिना जेभीका प्रतिनिधि रविन जोशी पुल अलपत्र छाडेर अष्ट्रेलिया पुगेका थिए। 
आयाजनाले निर्माण कम्पनीलाई पटक पटक पत्रपत्रिकामा सूचना प्रकाशित गरी काम सुचारु गर्न ध्यानआर्कषण गराएको थियो। त्यसबेला आयोजनाले कम्पनीलाई कालोसूचीमा राख्ने समेत चेतावनी दिएको थियो।

निजी कामले अष्टेलिया पुगेका जोशी ४ वषअघि नेपाल फर्किएर पुलको काम पुनः सुचारु गरेपनि केही महिना काम गरेपछि पुनः पुल निर्माणको काम अलपत्र पारेका छन्।

आयोजनाअन्तर्गत कागबेनी पुलको अहिलेको भौतिक प्रगती करिव ९० प्रतिशत सम्पन्न भइसकेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए। 

उनका अनुसार पुल दाँयाबाँया र्‍याफ ढलानसहित पिल्लर उठाएर आरसीसी स्लाब ढलान समेत भइसकेको छ। पछिल्लो समय पुलको भौतिक संरचना निर्माण अन्तिम चरणमा रहेपनि रफिनाका प्रतिनिधि रविन जोशी सम्पर्कविहीन छन्। 

आयोजनाले पटक पटक ताकेता गरेपनि कम्पनी काममा नफर्किएको आयोजना प्रमुख प्रजापतीले बताए। कागबेनी पुलको स्लाब ढलान गरी उत्तर-दक्षिण भागमा एप्रोज रोडका लागि सटिङ गरिएको भएपनि एप्रोज ढलान हुन सकेको छैन। कम्पनीले दुवैतर्फ करिव २० मिटर जती एप्रोज ढलान गर्न बाँकी छ।

यस्तै, निर्माणधीन कागबेनी पक्की पुलको सुरुआती चरणमा एप्रोज रोड बिस्तार गर्न उत्तरतर्फको भागमा स्थानीयको जग्गा परेपछि समस्या उत्पन्न भएको थियो। 

अहिले एप्रोज रोड बिस्तार गर्नदिन स्थानीय जग्गाधनी सहमतीमा आइसकेका छन्। उत्तरी चीनसँग व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको २५ मिटरको पुल ६ वर्ष बितिसक्दा समेत बन्न नसकेको हो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमा भइरहेको ढिलासुस्ती ध्यानआर्कषण भएको जनाएको थियो। 

विभागका महानिर्देशक अर्जुनजंग थापाले आयोजनाको काममा फर्किन निर्माण कम्पनीलाई ७ दिनको अल्टिमेटम दिएका थिए। तर, विभागले दिएको अल्टिमेटममा समेत निर्माण कम्पनी काममा फर्किएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.