राष्ट्रिय सेवा दलका विद्यार्थीले ताप्लेजुङमा देखाए परेड (फोटोफिचर)

राष्ट्रिय सेवा दलका विद्यार्थीले ताप्लेजुङमा देखाए परेड (फोटोफिचर)

ताप्लेजुङ : राष्ट्रिय सेवा दल (एनसीसी) को पाँचौँ स्थापना दिवसको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा मार्चपास, सरसफाइ तथा एनसीसीमा आबद्ध विद्यार्थीले परेड देखाएका छन्। यही अवसर पारेर आगलागी नियन्त्रण सम्बन्धि चेतनामूलक कार्यक्रम (डेमो) प्रस्तुत गरेको छ। एनसीसी तालिम प्राप्त गरेका विद्यार्थीहरुले परेड खेलेका हुन्। परेड अघि उनीहरुल नगर क्षेत्रमा मार्चपास गरेका थिए।

 मुख्य बजार विरेन्द्रचोकमा उनीहरुले आफ्नो घर, कोठा, गुवाली वा कुनैपनि ठाउँमा आगो लागे कसरी निभाउने भन्ने सन्देशमूलक सामग्री देखाएको छ। सबैभन्दा पहिला नआत्तिने, एनसीसीका विद्यार्थीले डेमो देखाउँदै भने ‘ग्यासमा आगो लागे कम्बल तन्ना वा कुनैपनि कपडा भिजाएर छोपीदिने आफैं निभ्छ। कुनै पेट्रोलियम पदार्थ जन्य भाँडामा आगो लागे छापिदिए आफैं निभ्ने प्रयोग गरेर देखाएको हो।’

यो विधि सबैले जान्नुपर्ने र विद्यार्थीमार्फत अभिभावकमा पुग्ने भएकाले अरु विद्यार्थीलाई पनि देखाइएको भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले बताए। ताप्लेजुङ अधिक आगलागी हुने जिल्लामा पर्छ।

यसैबीच मादक पदार्थ सेवनले परिवारमा पार्ने असर सम्बन्धि चेतनामूलक सडक नाटक पनि प्रदर्शन गरेकाछन्। विपद्को बेला एनसीसीका विद्यार्थी आफूहरुको सहयोगी बनाउने उद्देश्यले माध्यमिक तहका विद्यार्थीलाई यस्तो किसिमको तालिम प्रदान गरिन्छ। विद्यार्थी र सेनाको टोलीले सदरमुकाम फुङलिङको तोक्मेडाँडा क्षेत्रमा सरसफाइ पनि गरेका छन्। 

नेपालका छात्रछात्राहरुमा देश बफादारीको भावना अझ बढी जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गरी योग्य र अनुशासित नागरिक बनाउन र उनीहरुमा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम दिनु वाञ्छनीय ठानी २०२७ सालमा एनसीसीको कानुन पारित भएको थियो। यसको स्थापना चाहिँ त्योभन्दा छ वर्ष अघि २०२२ सालमै भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.