कर्णालीमा ज्येष्ठ सदस्य शाहले लिए शपथ

कर्णालीमा ज्येष्ठ सदस्य शाहले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले शाहलाई शपथ खुवाएका हुन् । 

दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोसेडीका ६६ वर्षीय शाह प्रतिनिधिसभा निर्वाचन क्षेत्र दैलेख–२, प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार उनको जन्ममिति वि.स. २०१३ बैशाख ४ गते हो ।  

सोमबार बिहान शपथ लिएका शाहले कर्णाली प्रदेशसभाका नवनिर्वाचित अन्य ३९ जना प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने भएका छन् । नवनिर्वाचित सांसदहरुको शपथ खुवाउने कार्यक्रम आजै दिउँसो ३ बजेका लागि तय गरिएको छ । ज्येष्ठ सदस्य शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदलाई शपथ खुवाउने छन् । 

प्रदेशसभा सचिवालयका अनुसार अन्य ३९ जना प्रदेशसभा सदस्यको शपथ सोमबार दिउँसो ३ बजे हुनेछ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शपथका लागि सांसदहरुले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजे नै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्नेछ । 

साथै शपथ ग्रहण कार्यक्रमका लागि सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन् प्रदेश सभा सचिवालयले अनुरोध गरेको छ । कर्णाली प्रदेश सभा ४० सदस्यीय छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.