बागमती प्रदेश सभाका जेष्ठ सदस्यले लिए शपथ
हेटौंडा: बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
७३ वर्षीय ढुंगाना बागमती प्रदेशका ११० सांसदमध्ये सबैभन्दा ज्येष्ठ सांसद हुन् । नेकपा माओवादी केन्द्रका ढुङ्गानाकै अध्यक्षतामा प्रदेश सभाको पहिलो बैठक भोलि (बिहीबार) बस्दैछ।
बैठकमा ढुङ्गानाले बाँकी १०९ प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ। संवैधानिक व्यवस्था अनुसार जेष्ठ सदस्यले शपथ लिएको १५ दिनभित्र प्रदेश सभाले सभामुख चयन गर्नुपर्नेछ।