स्वतन्त्रबाट निर्वाचित प्रदेश सभा सदस्य कुश्वाहा माओवादी केन्द्रमा प्रवेश
काठमाडौं : सर्लाही क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य जावाहरलाल कुश्वाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई पार्टी प्रवेश गराएको पोलिटब्यूरो सदस्य भरत प्रसाद साहले बताए।
प्रधानमन्त्रीको निवास खुमलटार पुगेर स्वतन्त्र प्रदेश सभा सदस्य कुश्वाहले पार्टी प्रवेश गरेका थिए। चुनावमा तत्कालिन गठबन्धको तर्फबाट नेकपा एसका नेता डिल्ली उप्रेतीलाई प्रदेश सभा सदस्यमा टिकट लिएपछि नेता कुश्वाहाले पार्टी छोडेका थिए।