बागमती प्रदेशसभाका सदस्यहरूले लिए शपथ
हेटौंडा : बागमती प्रदेशका प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले एकसय नौं जना प्रदेशसभा सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
प्रदेशसभा सदस्यमध्ये १२ जनाले नेवारी भाषामा र तीन जनाले तामाङ भाषामा शपथ लिएका प्रदेशसभा सचिवालयले जनाएको छ।
उत्साहका साथ पद तथा गोपनीयताको शपथ लिएका उनीहरूले आफ्नो कार्यकाल प्रदेशको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन्।
प्रदेशसभाको ११औं अधिवेशन यही पुस १८ गते बस्ने भएको छ। जेष्ठ सदस्य ढुङ्गानले प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आह्वान गरेको जानकारी गराएका थिए।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख यादवचन्द्र शर्माले यहि पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका थिए।