लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

बेंसीसहर : लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ। जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन्।

घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.