४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला–२ को विद्युत् उत्पदान सुरु
सङ्खुवासभा : सङ्खुवासभामा मेन्छ्यिाम हाइड्रोपावर लिमिटेडले अन्तिम परीक्षण सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गरेको छ।
४ दशमलव ७२ मेगावाटको माथिल्लो पिलुवा खोला–२ आयोजना उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उद्घाटन गरेका गरे।
चैनपुर नगरपालिका–२ पिलुवा खोलामा निर्माण सम्पन्न भएको जलविद्युत् आयोजनाको १ हजार ७ सय ७१ मिटर माथि ड्याम निर्माण गरी पेनस्टक पाइपमार्फत पावरहाउसमा पानी खसालिएको छ।
ग्रस हेड १ सय ४५ मिटरको रहेको आयोजना पानीको बहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको हो।
माथिल्लो पिलुवा खोला–२ बाट उत्पादित बिजुली १२ किलोमिटर टाढा रहेको चैनपुरकै २२०/३३ केभी बानेश्वर सबस्टेसनमा जोडिने छ।
१ अर्ब बढीको लागतमा निर्माण भएको आयोजना सम्पन्न गर्न ६ वर्ष लाग्यो। आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ।
निर्माण कम्पनीका अध्यक्ष तथा संघीय सांसद दीपक खड्काले अब चाँडै स्थानीयका लागि (आईपीओ) खुला गर्ने बताए।