१५ करोडको लगानीमा वालिङमा नमूना बसपार्क बनाइने

१५ करोडको लगानीमा वालिङमा नमूना बसपार्क बनाइने

स्याङ्जा : स्मार्ट सिटीका रूपमा परिचित वालिङ् नगरपालिकाले सुविधासम्पन्न बसपार्क निर्माण गर्ने भएको छ।

वालिङ बजारको शीतलनगरमा नमूना बसपार्कको रूपमा झण्डै १५ करोडको लागतमा पार्क निर्माण गरिने भएको हो। पार्क निर्माणसँगै व्यवस्थित सवारी पार्किङको सुविधा पुग्ने बताइएको छ।

स्मार्ट सिटीको नामले परिचित वालिङमा व्यवस्थित पार्किङ अभावले समस्या सिर्जना हुँदै आएको थियो। राजमार्ग छेउछाउमै सवारी साधन पार्किङ्ले बजार क्षेत्र साँघुरो भएको थियो ।

नगरपालिकाले पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार पारेको जनाएको छ। बसपार्क निर्माणका लागि शहरी विकास कोषको ९० र वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए। 

पार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान छ। यसका लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण र वालिङको २० प्रतिशत लगानीमा काम हुनेछ।

प्रतिघण्टा ९६ वटा सवारी साधन पार्किङ गर्न सकिने छ। लामो दूरीमा चल्ने साधनहरू प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरू प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा, निजी सवारी कारहरू २० वटा अटाउने क्षमताको बनाउनेगरी डीपीआर तयार भएको नगरपालिकाले जनाएको छ।

पार्क निर्माणको काम केन्द्र सरकार र प्रदेश सरकारको समपुरक योजनाका रूपमा अघि बढाइने भएको छ। पब्लिक–प्राइभेट पार्टनरसीप  (पीपीपी) मोडेलमा बसपार्क निर्माणको काम हुने छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.