भेडेटारमा परिकार महोत्सव सुरु (फोटोफिचर)
धनकुटा : अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा परिकार महोत्सव सुरु भएको छ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा १०औं परिकार महोत्सव सुरु भएको हो। महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको औपचारिक उद्घाटन प्रदेश सभा सदस्य निरनकुमार राईले गरेका थिए। पूर्वकै चर्चित पर्यटकीय स्थलहरूमध्येको एक भेडेटारमा हरेक वर्ष नयाँ वर्षको अवसर पारेर परिकार महोत्सवको आयोजना हुँदै आइरहेको छ। यस पटकको महोत्सव दशौं संस्करणको हो।
महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रर्दशनीमा राखिएको छ।
महोत्सवमा आउने आगन्तुकहरूले स्थानीय जातीय पराम्परागत खानेकुराहरूको स्वाद लिन र हेर्ने अवसर पाउनेछन्।
ओझेलमा परेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक पराम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार महोत्सवमार्फत हुने आयोजकको दावी छ। सो महोत्सवमा साँगुरीगढी गाउँपालिकाले कृषि मेला प्रदर्शनी समेत गरेको छ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले कोरोनापछिको आर्थिक मन्दीलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने बताए।
भेडेटार घुम्न आउने आगन्तुकहरूलाई प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ।
महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको होटल एशोसिएशनका सहकोषाध्यक्ष रमेश श्रेष्ठले बताए। साथै राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको सांगितिक प्रस्तुति समेत रहने छ।
महोत्सव अवधिभर भेडेटारका होटलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
महोत्सवमा आउने पर्यटकहरूलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ।
३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको होटल एसोसिएसन भेडेटारको अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन्।
महोत्सवमा आउने पर्यटकहरूलाई साँगुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार गुम्बा ध्वाजे डाडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने जनाइएको छ।