कालीगण्डकी गाउँपालिकाले बनाएको स्थानीय लोगो र झण्डा पुस २९ देखि कार्यान्वयनमा ल्याइने

कालीगण्डकी गाउँपालिकाले बनाएको स्थानीय लोगो र झण्डा पुस २९ देखि कार्यान्वयनमा ल्याइने

स्याङ्जा: स्थानीय कला, संस्कृतिको पहिचान झल्कनेगरी कालीगण्डकी गाउँपालिकाले लोगो झण्डा सार्वजनिक गरेको छ।

 
योसंगै जिल्लाका ११ पालिकामध्ये पालिकाको लोगो, झण्डा र स्थानीय गान बनाउने कालीगण्डकी पहिलो पालिका बनेको छ। कार्यपालिकाको बैठकले आफनै लोगो र झण्डा बनाउनेगरी निर्णय भए बमोजिम लोगो र झण्डा बनाएको हो।

कार्यपालिकाले कात्तिक २८ मा छाप र झण्डा डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरेको थियो। केही शर्त सहित मंसिर २० गतेसम्मको समयसिमाभित्र लोगो र झण्डा बुझाउन आग्रह गरिएको थियो।
 
पालिकामा प्राप्त हुन आएका डिजाइन मध्ये गाउँपालिकाको मौलिकता झल्कने लोगो र झण्डालाई चयन गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।

उनले भने, ‘लोगो र झण्डा भने यही पुस २९ गतेको गाउँसभाबाट कार्यान्वयनमा ल्याईनेछ।’

कालीगण्डकी ५ का रितिजा श्रेष्ठले बनाएको लोगोको डिजाइन र  वडा नं. ७ का मदन भट्टराईले बनाएको झण्डाको डिजाइन उत्कृष्ठ ठहर्‍याईएको हो। अन्य पालिकाका सहभागी भए पनि दुवैजना कालीगण्डकी गाउँपालिकाभित्रकै प्रतिस्पर्धी छनौटमा परेको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए।

दुवै डिजाइनकर्तालाई जनही ५०/५० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिने अध्यक्ष थापाले बताए।

पालिकाको मुख्य पहिचान रहेका आलमदेवी मन्दिर, तीनमुखे पुल, कालीगण्डकी जलबिद्युत उत्पादन केन्द्र, जलाशयमा डुंगा स्टिमर यातायात सेवा, धान र गहुँका बाला, सयपत्री र ड्रागन फ्रुट खेती, शीला शालिग्राम र सूर्योदय सहितको निलो आकाश र पहाडी भूभाग लगायतलाई समेटि लोगो निर्माण गरिएको छ। 

यसैगरी, ३ वटा रंग (रातो, खैरो, निलो), झण्डामा अंकित २ हातभित्र एकता, सहकार्य र सद्भाव, ७ वटा वडाका प्रतिक, शान्ति, उज्यालो, प्रगती र विरता र पवित्र तिर्थस्थल मुक्ति क्षेत्रलाई समेटिएको छ।  

एक वर्ष अघिदेखि पालिकाले स्थानीय गानसमेत प्रयोगमा ल्याएको छ। यहाँ हुने हरेक औपचारिक कार्यक्रममा नेपालको राष्ट्रिय गानसँगै गाउँपालिका गान पनि बजाउने गरिएको उपाध्यक्ष सावित्रा कोइरालाले बताईन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.