इँटाभट्टामा अभिभावकसँगै काम गर्दै बालबालिका

इँटाभट्टामा अभिभावकसँगै काम गर्दै बालबालिका

रौतहट : जिल्लामा सञ्चालित एक सय ६० भन्दा बढी इँटाभट्टामा सयौ बालबालिका श्रमिकका रूपमा कार्यरत रहेको पाइएको छ।

नेपालमै सबैभन्दा धेरै इँटा उद्योग रौतहट जिल्लामा छ। हरेक वर्ष कात्तिक महिनादेखि परिवारनै इँटाभट्टामा मजदुरी गर्न आउने गरेका छन्। 

पछिल्ला दिनमा इँटाभट्टामा बालबालिका, किशोर किशोरीहरूसमेत आफ्ना अभिभावकसँगै काममा व्यस्त भेटिएका छन्।

सर्लाहीबाट मजदुरी गर्न आएका सुरेशमाझी गएको कार्तिक महिनादेखि परिवारसहित रौतहटको चन्द्रपुर नगरपालिमा रहेको एक इँटाभट्टामा मजदुरी गरिरहेका छन्। 

उनका श्रीमती र १० वर्ष उमेरभन्दा कमका ४ छोराछोरी इँटाभट्टमा काम गर्न आएका छन्। उनका १० वर्षका छोरा रक्कीमाझीले आमालाई इँटा बनाउने काम सघाइरहेका छन्।

एउटा काँचो इँटा बनाएको उद्योगले बालमजदुरलाई एक रुपैयाँ ज्याला दिन्छ। बालक रक्कीले दैनिक तीनदेखि चार सय रुपैयाँ कमाउने गरेको उनकी आमा रैनामाझी बताउँछिन्।

रौतहट इँटा उद्योग संघका सचिव मोहन साहले परिवारनै मजदुरी गर्न आँउने र उनिहरूका छोराछोरीले अभिभावकलाइ काममा सघाउने गरेको बताए।

बालबालिकालाई श्रममा लगाउन नपाइने भएपनि मजदुरहरूले छोराछोरीलाई काम लगाउने गरेको भट्टा सञ्चालक साहले बताए। बालबालिकाहरूलाइ इँटा बनाउने, माटो मुछ्ने, इँटा बोक्ने काममा लगाएको पाइएको छ।

जिल्लामा सञ्चालित एउटा इँटाभट्टामा ३० देखि ४० जनाको संख्यामा परिवारसहित आएर ६ महिना काम गर्छन्। रौतहटमा बालबालिकाको हक, अधिकार र बाल श्रम न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको सेतो गुराँस, आरडिसी र छोरी संस्था सक्रिय छन्।

बालबालिकालाइ विद्यालय पठाउने अभियानमा काम गरिरहेको सेतो गुरास रौतहटकी कार्यकारी निर्देशक झल कुमारी कार्कीले जानकारी दिइन्। अभिभावकहरूलाई सचेत गर्ने, जागरुक बनाउने र बालिबालिकाहरूलाई विद्यालय पठाउँदा बालश्रम रोकिने निर्देशक कार्कीको धारणा छ।

बालश्रम रोकथाम सम्बन्धी काम गर्दै आएको छोरी संस्था रौतहटकी कार्यक्रम संयोजक कोपिला तिमल्सिनाले रौतहटको चन्द्रपुर नगर क्षेत्रमा रहेका सातवटा इँटा उद्योगमा बालश्रमिक रहेको बताइन।

माघ महिनादेखि रौतहटका इँटाभट्टामा मजदुरी गर्ने, इँटाभट्टामा अभिभावकसँग बस्ने बालबालिकालाई विद्यालय पठाउने व्यवस्था गर्ने रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष विनोद साहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.