गाँजा खेती नष्ट
मलंगवा : सर्लाहीको उत्तरी क्षेत्र लालबन्दी नगरपालिका-१४ मा ८ विगाहामा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।
गाँजा खेती लगाइएको सूचनाका आधारमा आइतबार प्रहरीले खेतमै पुगेर गाँजाका बिरुवा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोली खेतमा पुगी गाँजाका बिरुवाहरू काटेर नष्ट गरेको हो।
६० जनाको संख्यामा खेतमा बिहान ९ बजे पुगेका प्रहरीहरू बेलुका ५ बजे फर्केका थिए। सर्लाहीको उत्तरी क्षेत्र लगायत छिमेकी जिल्लाहरूमा गाँजा खेती हुने गरेको प्रहरीले जनाएको छ।