आगलागीबाट उदयपुरमा दुई घर जले, ८२ लाखको क्षति

आगलागीबाट उदयपुरमा दुई घर जले, ८२ लाखको क्षति

उदयपुर :  उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुचीमा सोमबार दिउँसो आगलागीबाट दुई घर जलेको छ। 

मुर्कुचीका सत्रुधन थापाको गाई गोठमा अचानक आगलागी हुँदा गोठ, तथा गोठमा रहेको काठ, पराल जल्दा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

उक्त आगो नजिकै रहेको भरत थापाको इँटाले बनेको, टिनको छानो भएको दुई तले घरमा फैलिएको थियो। 

थापाको घर आंशिक रूपमा जलेको र घरमा रहेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, घरमा भण्डार गरी राखेको धसिग्रेको तेल गरी करिब ७५ लाख रुपैयाँको क्षति पुगेको छ। 

आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय, रौतामाई गाउँपालिका र  त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.