बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट

बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका-३ खलुचडीमा एक दलित महिलालाई बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएका छन्। 

खलुचडीकी दलित महिला ६० वर्षीया सुदामा देवी चमईनलाई गाउँकै चार जनाले बोक्सीको आरोप लगाएर आइतबार निर्घात कुटपिट गरी घाइते बनाएको सुदामा देवीका छोरा प्रभु रामले बताए।

कुटिपिटबाट गर्दन, टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी  सुदामा देवीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

छोरा प्रभुका अनुसार आइतबार साँझ घरमै घुर तापेर बसिरहेका बेला सुदामा देवीलाई स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका थिए।

उनीहरूले सुदामा देवीलाई मानव मलमुत्र खुवाउने प्रयास पनि गरेको तर स्थानीयले रोकेको छोरा प्रभुले बताए।

प्रभुले भने, आइतबार म नयाँ साल मनाउन पिकिनक गएको थिए, त्यहि मौका छोपेर छिमेककै चार जनाले मिलेर आमालाई बोक्सीको आरोप लगाउदै बाँसको भाटाले हानेर निर्घात कुटपिट गरेछन्, घर आइपुग्दा आमालाई सिकिस्त देखेपछि प्रहरीलाई खबर गरे, प्रहरीकै सहयोगमा एम्बुलेन्समा राखेर वीरगन्जमा ल्याएर भर्ती गराए।

यसअघि पनि गाउँघरमा कोही बिरामी पर्दा आमाले गर्दा नै बिरामी परेको भनेर आक्षेप लगाउने गरिएको प्रभुको भनाइ छ।

आइतबार भएको घटनामा संलग्नहरू विरुद्ध गाँउकै  प्रहरी चौकीमा उजुरी समेत दर्ता गराएको उनले बताए।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले भने सुदामा देवीको छिमेककै ४० वर्षीया महिला विन्दा देवीसँग भाँडाकुडाको विषयलाई लिएर झगडा भएर आपसमा कुटपिट भएको जानकारी आफूले पाएको बताए। झगडामा सुदामा देवी र विन्दा देवी दुवै जना सामान्य घाइते भएको उनको भनाइ छ। 

गिरीले भने, 'बोक्सी आरोप लगाएको भन्ने विषयमा प्रहरीलाई जानकारी छैन, त्यस्तो व्यवहोराको उजुरी पनि परेको छैन, मातहतको प्रहरी कार्यालयले भाँडा वर्तनको विषयलाई लिएर दुई जना महिलाबीच झगडा भएको भनेर सूचना दिएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.