मधेसमा फस्टाउँदै उद्योग

मधेसमा फस्टाउँदै उद्योग

काठमाडौं : मधेस प्रदेशमा उद्योग र सेवा क्षेत्रमा प्रगति हासिल भएको छ। तर, कृषि उत्पादनमा भने कमी आएको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक अध्ययनअनुसार उद्योगको उत्पादन वृद्धि औसतमा ५.२३ प्रतिशत बढेको छ। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २.९५ प्रतिशतले कमी आई रु.१ खर्ब २ अर्ब १३ करोड पुगेको छ।

पर्यटकको आगमन २५४.५९ प्रतिशतले वृद्धि भएको छ। तर कृषि उत्पादनको क्षेत्रफल ०.३० प्रतिशतले कमी आएसँगै कुल उत्पादनमा पनि ०.५३ प्रतिशतले घट्न गएको अध्ययनले देखाएको छ। कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को उत्पादन ६३ लाख ८२ हजार ६ सय १२ मे.टन पुगेको छ। 

केन्द्रीय बैंक जनकपुर कार्यालयले मधेस प्रदेशका आठ वटा जिल्लामा आर्थिक गतिविधिको स्थलगत तथा गैरस्थलगत सर्वेक्षण गरेको थियो। प्रतिवेदनले नीति निर्माता एवं सम्बन्धित सरोकारवालालाई प्रादेशिक आर्थिक अवस्थालगायत विद्यमान समस्या/चुनौती, सम्भावना एवं परिदृश्यकाबारे विश्लेषण गरिएको नेपाल राष्ट्र बैंक जनकपुर कार्यालय निर्देशक नीरा ताल्चाभँडेलले बताइन्। 

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा यस प्रदेशको कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको सबैभन्दा बढी ५३.६ प्रतिशत योगदान छ। उद्योग क्षेत्रको सबैभन्दा कम योगदान ११.९ प्रतिशत छ।

निक्षेपको तुलनामा दोब्बर कर्जा

मधेस प्रदेशबाट संकलन गरेको कुल निक्षेप ५.३५ प्रतिशतले बढेको छ। २ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जामा १६.७० प्रतिशतले बढेको छ। ४ खर्ब ३० अर्ब ९ करोड कर्जा पुगेको छ। अन्य प्रदेशको निक्षेप यस प्रदेशमा परिचालन भएको हुँदा यस प्रदेशमा कुल निक्षेपको तुलनामा कुल कर्जा प्रवाह बढी छ। 

प्रदेशले ब्याज अनुदानमा दिने सहुलियतपूर्ण कर्जा २२ अर्ब ३० करोड रुपैयाँ उपयोग गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१४ अर्ब ५ करोड थियो। 

कृषि कर्जा लिनेमा सर्लाही अगाडि

बैंक तथा वित्तीय संस्थाबाट मधेस प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा रु.५३ अर्ब ९५ करोड पुगेको छ। यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२.५५ प्रतिशत छ। मधेस प्रदेशमा प्रवाहित कृषि कर्जामध्ये सबैभन्दा बढी कर्जा प्रवाह सर्लाही जिल्लामा १६.४७ प्रतिशत छ। सबैभन्दा कम सप्तरी जिल्लामा ७.०३ प्रतिशत छ। 

प्रदेशमा कृषि, उद्योग र सेवा क्षेत्रको गतिविधि आगामी आर्थिक वर्षमा बढ्दै जाने अनुमान गरिएको छ। कोरोना भाइरसको संक्रमण विस्तारै घट्दै गएको र प्रदेशको आर्थिक गतिविधिमा यसको नकारात्मक प्रभाव कम हुँदै गएकाले आर्थिक गतिविधि चलायमान हुने देखिएको छ। औद्योगिक क्षेत्रअन्तर्गत प्रदेशभित्र सञ्चालित चिनी, पेयपदार्थ, कागज, फलामको छड, औषधिजन्य वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ। तथापि, ‘बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको कमीले आगामी दिनमा बैंक कर्जा विस्तार हुन नसकी औद्योगिक क्षेत्रमा जाने कर्जा सहज नभए औद्योगिक उत्पादन प्रभावित हुन सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.