पाँचथरको रानीटारमा आगलागी : २ जनाको मृत्यु, २ घाइते
फिदिम : पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। आगलागीमा परी मेघबहादुर सहित २ जना घाइते भएका छन्।
मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आशासिंह थेबे (गुरुङ)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरी खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए। ७ मध्ये २ जनाको ज्यान गएको २ जना घाइते भएका र ३ जना भागेर बच्न सफल भएका खतिवडाले जानकारी दिए। आगलागीबाट घरमा पूर्ण रुपमा क्षति भएको छ ।
रातको साढे एक बजेबाट आगलागी सुरु भएको थियो। स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिने प्रयास गगरेका थिए। आगलागीबाट ५० लाख भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।