संकटा आहा रारा गोल्डकपको फाइनलमा

संकटा आहा रारा गोल्डकपको फाइनलमा

पोखरा: सशस्त्र प्रहरीको एपीएफ क्लबलाई फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा क्लब २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। 

विभागीय क्लब एपीएफलाई ४-१ को फराकिलो गोल अन्तरले हराउँदै संकटा पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा फाइनल यात्रा तय गरेको हो।
 

यसअघि अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई क्वाटरफाईनलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको संकटाले एपीएफलाई पनि सहज रुपमा पन्छाएर फाइनलमा स्थान सुरक्षित गरेको हो। 

एपीएफलाई पराजित गर्दा अफ्रिकन खेलाडी नायक बने। खेलका ५ औं मिनेटमै संकटाका स्टेफन विनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए। सशस्त्रका दुई डिफेन्डर र गोलरक्षक बीच आपसी समन्वय नहुँदाको फाइदा उठाउँदै राजु नगरकोटीले क्लियर गर्न खोजेको बल स्टेफन रिप्लेक्ट हुदैं गोलमा परिणत भएको थियो।
 
खेलको ४३ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै एपीएफलाई थप दबाबमा पार्‍यो। स्टेफन विनोङको क्रसपासमा मेसुकले गोल गरेका थिए। खेलको ६१ औं मिनेटमा स्टेफनले काउन्टर एट्याकमा व्यक्तिगत दोस्रो गोल गरे। सेन्टर एरिया नजिकबाट लगेको बल गोल रक्षकलाई बिट गर्दै स्टेफनले सुन्दर गोल गरेका थिए।
 
सशस्त्र प्रहरीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल निकाल्न सकेको थिएन। खेलको ७४ औं मिनेटमा बैकल्पिक खेलाडी हरि काकीले सान्तवना गोल गरे। आवास लामिछानेको पासलाई सदुपयोग गर्दै कार्कीले गोल फर्काएका हुन्। 

८६ औं मिनेटमा संकटाले थप एक गोल हान्दै गोल अन्तर फराकिलो बनायो। आन्द्र थिएरीको लङ फ्रिकिकलाई उपयोग गर्दै मेसुकेले व्यक्तिगत दोस्रो गोल गरे। खेलमा दुई गोल गरेका स्टेफन म्यान अफ दि म्याच घोषित भए। 

सशस्त्रले पहिलो हाफमा केही राम्रो अवसर सृजना गरेको थियो। खेलको ३ मिनेटमा युवराज खड्काले संकटाका डिफेन्डरलाई छल्दै प्रहार गरेको बल आन्द्र थिएरीले क्लियर गरेका थिए। 

खेलको ३९ औं मिनेटमा सनिष श्रेष्ठको क्रसपासमा बुद्धिमान राईको हेडर संकटाका गोलरक्षकको हातमा परेको थियो। खेलको ६६ औं मिनेटमा सशस्त्रका विकु तामाङले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल संकटाका गोलरक्षकको खुट्टामा लागेर रिवाउण्ड भएको थियो। 

संकटाले अझै धेरै फराकिलो अन्तरले हराउने गरी पाएका अबसर खेर फालेको थियो। खेलको ६८ औं मिनेटमा स्टेफनले पेनाल्टी एरियाबाट प्रहार गरेको बल सेकेन्डबारबाट बाहिरीएको थियो। खेलपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खडगीले आजको खेल समग्रमा टिमले नै राम्रो खेलेको बताए। फाइनलमा जित निकाल्ने गरी तयारीमा लाग्ने पनि उनले सुनाए। 

खेलपछि प्रतिक्रिया गर्दै सशस्त्र प्रहरीको एपीएफका प्रशिक्षक रत्नकाजी मानन्धरले आफ्ना डिफेन्डरमा कमिनेशन नमिल्दा हार बेहोरनु परेको बताए। पहिलो गोल नै सिल्ली मिस्टेकले खानु परेको पनि उनले सुनाए। तेस्रो र चौथो पनि कमिनेशन नमिल्दा नै खाएको बताए। हामीले सुरुमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेको पनि बताए। संकटाका दुई विदेशी खेलाडी नेपालमै भएका खेलाडीमा बेस्ट खेलाडी रहेको र उनिहरुलाई रोक्न नसक्दा काउण्टरमा गोल भएको उनले बताए। 

सहारा क्लबको आयोजनामा पोखरामा जारी प्रतियोगितामा दोस्रो सेमिफाईनल खेल भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका र चर्च ब्वाईजबीच हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.