दुर्गममा भिडियो एक्सरे सेवा

दुर्गममा भिडियो एक्सरे सेवा

सुर्खेत : कालिकोटको तिलागुफा नगरपालिकाले नगर अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरेको छ।

नगर र आसपासका गर्भवती महिला तथा अन्य बिरामीहरूलाई नगरमै भिडिओ एक्सरे र ल्याब सेवा दिन थालेपछि सेवाग्राहीहरूलाई निकै सहज भएको छ। तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले भिडियो एक्सरे र ल्याब सम्बन्धी जस्तोसुकै सेवा सहज बनाउन तिलागुफा नगरपालिकाले नगर अस्पतालमै भिडियो एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरेको बताए। उनले भने, ‘नगर अस्पताललाई व्यवस्थित बनाउँदै नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा दिनका लागि हामी लागिपरेका छौं। अब गम्भीर प्रकारका बिरामीबाहेक सबै खाले बिरामीहरूले गाउँमै उपचार पाउने भएका छन्।’ सामान्य स्वास्थ्य परीक्षण तथा भिडियो एक्सरे गर्नकै लागि जिल्ला अस्पताल पुग्नुपर्ने यहाँका बिरामीहरूको बाध्यता टरेको छ।

एक्सरे र ल्याब नहुँदा गर्भवतीहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने र अन्यत्र जाँदा हजारौं रकम खर्च गर्नुपरेको गुनासो आएपछि नगरपालिकाले नगरमै भिडियो एक्सरे र ल्याब सेवा दिने थालिएको नगर उपप्रमूख महेन्द्रबहादुर शाहीले बताए। नगरपालिकाका सबै वडादेखि आसपासका गाउँपालिकाका बिरामीहरूले सेवा लिन सक्ने उनले बताए।

उनले भने, ‘नगरवासीले अब भिडिओ एक्सरे र ल्याबकै लागि मात्र सदरमुकाम तथा अन्य सहरका निजी क्लिनिक र अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ।’ स्वास्थ्यका आधारभूत सेवाभित्रै पार्नेगरि छुट्टै बर्थिङ सेन्टर भएका स्वास्थ्यचौकीमा पनि सेवा बढाउने योजना छ। हरेक वडामा आधारभूत सेवा सहज बनाउन नगरपालिकाको टिम लागिरहेको छ। नगर अस्पतालमा कार्यरत डा. टंकप्रसाद आचार्यले गर्भवती जाँच र ल्याब सेवा सुरुवातसँगै बिरामीको चाप पनि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.