बारामा स्कोरपियोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

बारामा स्कोरपियोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

सिमराः पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिला घाइते भएका छन् । 

निजगढबाट पथलैयातर्फ आउँदै गरेको ग २ च ४४१३ नम्बरको स्कोरपियोले सोही दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडिबाट ठक्कर दिँदा जीतपुरसिमरा १६ टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । माझी सवार मोटरसाइकललाई ठक्कर दिएपछि स्कोरपियोले महिला चढेको साइकललाई पनि ठक्कर दिएको थियो । 

उनीहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउँदै थिए । मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनीहरुलाई तीव्र गतिमा रहेको स्कोरपियोले ठक्कर दिएको थियो । 

उक्त दुर्घटनाका घाइतेलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धार गरेका थिए । सिमराबाट जनकपुरतर्फ जाने क्रममा घटनास्थल पुगेका प्रमुख र उपप्रमुखले आफू सवार गाडीमा घाइतेको उद्धार गरिएको थियो । 

सिमरामा भएको दुर्घटनामा एकको मृत्यु

जीतपुरसिमरा २ स्थित जगदम्बा स्टिल्स् अगाडि बुधबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन् । वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आइरहेको  ना २०प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो । 

घटनामा गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.