अर्जुनचौपारीका ३० परिवारलाई न्यानो कपडा वितरण
स्याङ्जा : जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका ३० दलित घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
अर्जुनचौपारी गाउँपालिका र स्याङ्जा सहयोग समाजका पूर्वअध्यक्ष टुकराज अर्यालको पहलमा न्यानो कपडा प्रदान गरिएको हो।
प्रत्येक वडाका अतिविपन्न ५/५ परिवारलाई समेटेर ६ वटा वडामा कपडा वितरण गरिएको हो। जसमा ब्लांकेट, सिरानी, डसना, तन्ना रहेका छन्।
प्रतिपरिवार ४ हजारका दरले करिब १ लाख २० हजार मूल्य बराबरका कपडा वितरण गरिएको हो।
बढ्दो जाडोलाई लक्षित गर्दै स्वास्थ्यप्रति ध्यान दिँदै विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए।