होमस्टे प्रयोगविहीन

होमस्टे प्रयोगविहीन

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. ३ डप्खामा करिब साँढे तीन वर्षअघि निर्माण गरिएको सामूहिक होमस्टे प्रयोगविहीन भएको छ। उपयोग कसरी गर्ने भन्नेमा स्थानीयहरू अन्योलमा पर्दा सामूहिक होमस्टे निर्माण गरिए पनि जग्गा प्लटिङ बिना घर निर्माण गरिएकाले कुन घर कस्तो हो भन्नेमा नै स्थानीय अन्योलमा छन्। 

डफ्खामा अति सीमान्तकृत माझी समुदायका लागि सामूहिक होमस्टे निर्माण गरिएको हो। बागमती प्रदेश सरकारले कृषि पर्यटन कार्यक्रमअन्तर्गत निर्माण गरेको सामूहिक होमस्टेले अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन। डफ्खामा रहेको ४२ घर माझी समुदायलाई लक्षित गरी ४२ वटा घर निर्माण गरिएको छ। होमस्टेको घर सीमित व्यक्तिको जग्गामा निर्माण भएकाले जग्गा नभएका व्यक्तिले घर उपयोग गर्न पाउने कि नपाउने भन्ने विषयमा शंका उत्पन्न भएको नरबहादुर माझी बताउँछन्।

जग्गा नभएका व्यक्तिलाई होमस्टे सञ्चालनका लागि दिनुपर्ने भए जग्गाको मूल्य दिनुपर्ने स्थानीय जग्गावालाको माग छ। जग्गा नहुनेले घर किनेर बस्न नसक्ने स्थानीय बुद्धिमान माझी बताउँछन्। बुद्धिमान भन्छन्, ‘घर बनेर मात्र के गर्ने हामीसँग किनेर बस्ने पैसा नि हुनु प¥यो नि।’ यस्तै समस्या रहेको छ मनमाया माझीको पनि। अरूको जग्गामा घर छ हामीले बस्न पाउने कि नपाउने हो थाहा छैन मनमाया बताउँछिन्। व्यक्तिको जग्गा यकिन नगरी संरचना निर्माण गरिँदा कतिपय एउटै घर दुई जना व्यक्तिको जग्गामा बनेको छ भने केही घरहरू एउटै व्यक्तिको जग्गामा तीन वटासम्म घर निर्माण भएको चन्द्र माझीले जानकारी दिए।

निर्माण भएको घर स्थानीयलाई हस्तान्तरण गर्नका लागि जग्गाधनीहरूले कि मुआब्जा पाउनु कि घर निर्माण भएको आफ्नो जग्गाको मूल्यबराबरको जग्गा पास गरेर आपूmहरूले पाउनुपर्ने माग रहेको छ। अन्यथा घर हस्तान्तरण गर्न नदिने स्थानीयको भनाइ छ। सामूहिक होमस्टे स्थानीयले मु–आब्जाको माग गरेको र मागअनुसारको रकम तत्काल दिन नसकिने भएकाले अवस्था जटिल भएको खाँडादेवी गाउँपालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.