शाली नदीमा माधवनारायणको मेला, स्वस्थानी व्रत बस्न पुगे महिला (फोटो फिचर)
काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान विधिवत् रूपमा सुरु भएको छ। आजबाट माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।
यस अवसरमा आजैदेखि एक महिनासम्म साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला पनि सुरु भएको छ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ। यो उपत्यकाको उत्तरपूर्वी १८ किमीको दूरीमा पर्छ।
यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरे पुण्य कमाइने धार्मिक विश्वास छ। यो विश्वासमा बर्तालुका लागि साँखुस्थित शालिनदीमा सुरक्षासहितका सबै तयारी गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ।
तस्बिरहरू : रविन भट्टराई
प्रतिक्रिया दिनुहोस !
१