बजेट सकिएपछि खेलग्राम निर्माण रोकियो
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन खेलग्रामको काम रोकिएको छ। आर्थिक वर्ष २०७६/७७ सालदेखि खेलग्रामको पूर्वाधार निर्माण सुरु गरिएको थियो।
जोमसोमको जीर्ण कभर्डहल मासेर खेल पूर्वाधार निर्माण सुरु गरिए पनि बजेट अभावले काम अघि बढ्न सकेको छैन।
बहुवर्षीय योजनाअन्तर्गत खेलग्राम निर्माण गर्न ६ करोड ५८ लाख ६३ हजार लागत स्टमेट गरिएको थियो।
एकद्वार प्रणालीबाट बजेट उपलब्ध नहुँदा निर्माणमा समस्या भएको घरपझोङ गापाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए। गतवर्षसम्म स्थानीय उपभोक्ता समितिमार्फत काम भइरहेको थियो।
संघीय सरकारले खेलग्रामका लागि ८ लाख निकासा गरेको त्यसमा स्थानीय तहले ८ लाख थपेर जम्मा १६ लाखको मात्र काम सम्पन्न भएको उनले बताए।