सुनको मूल्य एकैदिन १ हजार बढ्यो, तोलाको १ लाख ३ हजार ३००
काठमाडौं : सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजारले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले बढेर प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !