राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली भोलि नेपाल आउँदै

राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली भोलि नेपाल आउँदै

काठमाडौं : केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ। नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए। 

उनका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली झिकाइएको हो र सो टोली सोमबारसम्म नेपाल आइपुग्ने भएको छ। सापकोटाले केही दिनअघि समस्या देखिएपछि यसको समाधान खोज्ने काम जारी रहेको र सुरुको तुलनामा केही सुधार भएको पनि जानकारी दिए। 

नेपालमा विसं २०७८ मङ्सिर १५ गतेदेखि सुरु भएको विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको थियो। त्यसैले यस प्रणालीमा सुधारका लागि पनि सोही टोलीलाई झिकाइएको हो। विभागको ‘सिस्टम’मा समस्या आई राहदानी छपाइ तथा वितरण कार्यमा समस्या देखिएपछि प्रवक्ता तथा निर्देशक सापकोटाले सूचना जारी गर्दै समाधानको पहल भइरहेको जानकारी दिएका थिए।

उक्त सिस्टम पूर्णरुपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन भनिएको छ। त्यस्तै विभागले अर्को एक सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा ‘अप्वाइन्टमेन्ट’का लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र लाइफ ‘इनरोलमेन्ट’ सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.